Logo

कर्जा दुरुपयोग भएको राष्ट्र बैंकको निष्कर्ष, ठूला ऋणी र कर्जाको पहिचान गर्न छुट्टै फेमवर्क

कर्जा दुरुपयोग भएको राष्ट्र बैंकको निष्कर्ष, ठूला ऋणी र कर्जाको पहिचान गर्न छुट्टै फेमवर्क



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट प्रबाह भएको कर्जा दुरुपयोग भएको भन्दै राष्ट्र बैंकले त्यसलाई छानविनको दायरामा ल्याउने भएको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रबाह हुने क्रम नरोकिने तर, त्यसरी प्रबाह भएको कर्जाले सम्बन्धित क्षेत्रको उत्पादनमा प्रतिफल नदिएपछि कर्जा दुरुपयोग भएको निष्कर्षसहित राष्ट्र बैंकले अनुगमन गर्न लागेको हो ।

laxmi

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै बैंक तथा वित्तीय संस्थाबाट ठूला कर्जा उपभोग गर्दै आएका ऋणीहरुको पहिचान गर्न ‘लार्ज एक्स्पोजर फेमवर्क तयार गर्ने भएको हो । त्यसरी फेमवर्क तयार गरी ठूला ऋणीहरुले बैंकिङ प्रणालीबाट उपभोग गरिरहेको कर्जाको अनुगमनलाई थप प्रभावकारी बनाइने भएको छ ।

पछिल्लो समय कागजी रुपमा कृषि, पर्यटन, निर्यात तथा उत्पादनमुलक उद्योगका लागि कर्जा लिने तर त्यसरी प्रबाह भएको कर्जा अनुत्पादक क्षेत्रमा गएको राष्ट्र बैंकको दावी रहेको छ । बैंकिङ प्रणालीबाट सीमित व्यक्तिले ठूलो आकारमा कर्जा लिएको त्यस्ता कर्जानै बढी दुरुपयोग भएको भन्ने गुनासो आएपछि राष्ट्र बैंकले फेमवर्क नै बनाएर छानविन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL