Logo

उद्योग क्षेत्रमा कर्जा लगानी १४ खर्ब ४३ अर्ब पुग्यो, बागमती प्रदेशमा मात्रै ९ खर्ब ७३ अर्ब

उद्योग क्षेत्रमा कर्जा लगानी १४ खर्ब ४३ अर्ब पुग्यो, बागमती प्रदेशमा मात्रै ९ खर्ब ७३ अर्ब



काठमाडौं । बैंकहरुले गत आर्थिक बर्षको पुस मसान्तसम्म १४ खर्ब ४३ अर्ब १९ करोड रुपैयाँ बढी कर्जा उद्योग क्षेत्रमा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले गत बर्षको असार मसान्तको तुलनामा पुस मसान्तसम्म ५ दशमलव ५ प्रतिशत बढी कर्जा प्रवाह गरेका हुन् ।

laxmi

राष्ट्र बैंकले गत आर्थिक बर्षको अर्धबार्षिक आर्थिक गतिविधिको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । प्रतिवेदन अनुसार कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३१ प्रतिशत छ ।

औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा ० दशमलव ७ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा १६ दशमलव ४ प्रतिशत, गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३६ दशमलव ८ प्रतिशत हिस्सा छ । यस्तै निर्माणसम्बन्धी उद्योगमा २५ दशमलव ३ प्रतिशत, विद्युत ग्यास तथा पानीसम्बन्धी उद्योगमा १५ दशमलव ४ प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिकसम्बन्धी उद्योगमा ५ दशमलव ४ प्रतिशत कर्जा प्रवाह भएको छ ।

सम्बन्धित प्रदेशमा रहेका बैंक तथा वित्तिय संस्थाहरुबाट भएको लगानीका आधारमा औद्योगिक कर्जा सबैभन्दा बढी बागमती प्रदेशमा प्रवाह भएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार बागमती प्रदेशमा ९ खर्ब ७३ अर्ब १३ करोड रुपैयाँ अर्थात ६७.४ प्रतिशत कर्जा लगानी भएको हो । यस्तै सबैभन्दा कम कर्जा लगानी भने कर्णाली प्रदेशमा भएको देखिन्छ । कर्णाली प्रदेशमा ४ अर्ब ८५ करोड रुपैयाँ ० दशमलव ३ प्रतिशत लगानी रहेको छ ।

औद्योगिक कर्जामा प्रदेश नं १ मा प्रवाहित कर्जाको हिस्सा १० प्रतिशत, मधेश प्रदेशको ७ दशमलव ८ प्रतिशत, गण्डकी प्रदेशको ३ दशमलव ५ प्रतिशत, लुम्बिनी प्रदेशको ९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा प्रवाहित कर्जाको हिस्सा १ दशमलव ९ प्रतिशत रहेको छ । तरलता अभावकै बीच बैंक तथा वित्तीय संस्थाहरुले उक्त कर्जा लगानी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL