Logo

एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’लाई साउन मसान्तसम्म निरन्तरता दिने

एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’लाई साउन मसान्तसम्म निरन्तरता दिने



काठमाडौं । एनआईसी एशिया बैंकले असार १२ देखि आसार मसान्तसम्मको लागि ल्याएको निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ आउन मसान्तसम्म निरन्तरता दिने भएको छ ।

laxmi

यस योजनामा देश तथा विदेशमा बसेका नेपाली तथा विभिन्न संस्थाहरूले देखाएको अभूतपूर्व सहभागिता, रुचि एवं चासोलाई सम्मान गर्दै बैंकले यस योजनालाई थप एक महिनाका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

यस योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनुहुनेछ भने आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL