Logo

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर काभ्रेमा, राजस्वदेखि सेवाशुल्कसम्म बुझाउन सकिने

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर काभ्रेमा, राजस्वदेखि सेवाशुल्कसम्म बुझाउन सकिने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काभ्रेको नगरपालिका स्थित जिल्ला प्रशासन कार्यालयमा ५१ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र सन्चालनमा ल्याएको छ । एक समारोहका बीच जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।

laxmi

शाखा कार्यालय धुलिखेल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।

बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रम उप प्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए । सो अवसरमा काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, सुरक्षा निकायमा प्रमुखहरु, पत्रकार महासंघ काभ्रेका उप सभापति विनोद न्यौपाने, बैकका विभागीय प्रमुख दुर्गा कुमारी कंडेल, बागमती प्रादेशिक प्रबन्धक धु्रवप्रसाद अर्याल, शाखा कार्यालय धुलिखेलका शाखा प्रबन्धक ईश्वरी ढुङ्केल, बनेपाका शाखा प्रबन्धक जगन्नाथ अधिकारी, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL