Logo

लुम्बिनी विकास बैंकमा संचालकबीच लफडा, अन्तत बोहराको जीत

लुम्बिनी विकास बैंकमा संचालकबीच लफडा, अन्तत बोहराको जीत



काठमाडौं । लुम्बिनी विकास बैंकमा संचालकहरुबीचको झगडा चरम उत्कर्षमा पुगेको छ । उनीहरुबीचको झगडा पछिल्लो समय बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्तीमा आएर छताछुल्ल भएको छ ।

laxmi

बैंक संचालकहरुको झगडाकै कारण दुई दिनको बीचमा दुई सीईओ नियुक्त गरियो । बैंकका बहालवाला सीईओ नरेश सिह बोहरालाई हटाएर अर्को पक्ष संचालकहरुले विजयबहादुर श्रेष्ठलाई असार २८ गते सीईओमा नियुक्त गरेको पत्र नेपाल स्टक एक्स्चेञ्जलाई पठाएको थियो । असार ३० गते फेरि बोेहरालाई नै अर्को कार्यकालका लागि नियुक्त गरेको पत्र नेप्सेलाई पठाइएको छ ।

बोहराको दोस्रो कार्यकाल नियुक्तिका सम्बन्धमा संचालकहरुबीच झगडा भएको थियो । ज्योति ग्रुपबाट प्रतिनिधित्व गर्ने एक संचालकले उक्त ग्रुपको चाहना अनुरुप काम नगरी धोका दिएपछि उनलाई फिर्ता बोलाएर अर्को संचालक पठाइयो र बहुमतका आधारमा पुनः बोहरालाई नै सीईओमा नियुक्त गरियो । बोहराले लुम्बिनी विकास बैंकलाई नयाँ उचाईमा पुर्याएको भनेर मुख्य लगानीकर्ता एवं बहुमत संचालकहरुले उनलाई पुनः नियुक्ति गर्न चाहेका थिए । तर ज्योति ग्रुपबाट प्रतिनिधित्व गर्ने संचालकले निहित स्वार्थका कारण धोका दिएपछि असार २८ गते बसेको संचालक समितिको बैंठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरिएको बैंकका मुख्य लगानीकर्ताहरु नै बताउँछन् ।

यस बैंकमा भिवोर विकास बैंक, एचएनबी विकास बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी एक आपसमा मर्ज भएर लुम्बिनी विकास बैंक बनेको थियो । यी तीनवटै सस्थामा आआफ्ना झगडाहरु थिए । झगडाका साथै आर्थिक अनियमितताका घटनाहरु भएका थिए । तीनवटै संस्थालाई मर्ज गरी त्यहाँ भएका विकृतिहरुलाई नियन्त्रण गरेर लुम्बिनी विकास बैंक सेयर लगानीकर्ताको आकर्षक कम्पनीको रुपमा स्थापित भएको थियो । यसमा सीईओ बोहराको मुख्य भूमिका रहेको सम्बद्ध कम्पनीका लगानीकर्ताहरु नै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL