SCT


GBIME

सिटिजन्स बैंक र सत्य ओमकार डेन्टल होमबीच सम्झौता, अस्पतालका सेवामा १५ प्रतिशतसम्म छुट पाइने


बिजखबर संवाददाता
14 July, 2022 4:21 pm

सिटिजन्स बैंक र सत्य ओमकार डेन्टल होमबीच सम्झौता, अस्पतालका सेवामा १५ प्रतिशतसम्म छुट पाइने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भैरहवा ,रुपन्देहीस्थित सत्य ओमकार डेन्टल होम प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने गरी उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएका हो ।

NLIC
Lamxi_bank

उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सत्य ओमकार डेन्टल होम प्रालिका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL