Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, २०७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, २०७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग



काठमाडाैं । सनराइज बैंककाे लम्की शाखाले कैलालीको लम्कीमा रहेको २०७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयाेग गरेकाे हाे ।

laxmi

बैंकले बुधबार एक कार्यक्रमकाबीच लम्की चुहा नगरपालिका ५ चौरीमा रहेको जनजागृति माध्यामिक विद्यालयमा अध्यनरत विपन्न, गरिब तथा जेहेन्दार २०७ विद्यार्थीलाई शैक्षिक झोला सहयोग गरेको बैंकको लम्की शाखाका प्रमुख मातृका खड्काले जानकारी दिइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश बडुवालको अध्यक्षता तथा लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीको उपस्थितीमा बैंकले सहयोग सामग्री वितरण गरेको थियो ।

पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई निकै प्राथमिकता दिँदै बैंकले देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL