Logo

चलखेल चिर्दै हिमालयन र सिभिल मर्जर सम्झौताको अन्तिम तयारीमा, आजै हस्ताक्षर हुने

चलखेल चिर्दै हिमालयन र सिभिल मर्जर सम्झौताको अन्तिम तयारीमा, आजै हस्ताक्षर हुने



काठमाडौं । आन्तरिक र बाह्यरुपमा विभिन्न चलखेलका कारण टुंगोमा पुगेर पनि भाँडिएको हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जरले अन्तत मुर्तरुप लिने भएको छ ।

laxmi

शुक्रबार सोल्टी होटलमा एक कार्यक्रमबीच प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर हुने तय भएपनि कर्मचारी समायोजन तथा स्वाप रेसियोमा अन्तिम समयमा हिमालयन बैंकका केही सञ्चालकले बखेडा झिकेपछि कुरा नमिलेको भन्दै अन्तिम समयमा सम्झौता स्थगन गरिएको थियो ।

यससँगै सिभिल बैंकले हिमालयनसँग मजर्र सम्भावना लगभग समाप्त भएको बताएको थियो । तर, मर्जरमा सक्रिय रहेका दुवै बैंकका अधिकारीहरुले मंगलबार सिभिल बैंकका सीईओ सुनिल पोखरेललाई डेपुटी सीईओ दिने र स्वाप रेसियोमा पहिलेकै सहमति कायम गरेर अघि बढने सहमति गरेका थिए ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर सम्झौता अस्वीकृत गरेको हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गर्ने निर्णयमा पुगेको थियो । हिमालयन बैंकको गत बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सिभिल बैंकलाई प्राप्तिका लागि सम्झौता गर्न स्वीकृति प्रदान गरेको थियो ।

हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८१ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी मौखिक सहमति गरेको थियो । हाल हिमालयन बैंकको चुक्तापूँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ रहेको छ भने सिभिल बैंकको ९ अबै ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL