Logo

हिमालयन-सिभिल मर्जरमा स्वाप रेसियो १००ः८१ : नाम हिमालयन नै हुने, संचालक चयनमा छलफल हुँदै

हिमालयन-सिभिल मर्जरमा स्वाप रेसियो १००ः८१ : नाम हिमालयन नै हुने, संचालक चयनमा छलफल हुँदै



काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हाल दुबैं बैंकका संचालकले स्वाप रेसियो र बैंकका नाम तय गरेको र यसै हप्ता मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने हिमालयन बैंक स्रोतले जानकारी दिएको छ ।

समाचार स्रोतका अनुसार हिमालयन बैंक र सिभिल बैंकको सेयर स्वाप रेसियो १००ः८१ तय गरिएको छ । यस्तै बैंकको नाम पनि हिमालयन नै रहने छ ।

तर, संचालक समिति चयन तथा उच्च व्यवस्थापक व्यवस्थापनको विषयमा भने अझै छलफलको क्रममा रहेको उक्त स्रोतले जानकारी दिएको छ ।

हाल सेयर स्वाप रेसियो र बैंकको नाममात्रै टुङ्गो लागेको र अब तत्कालै संचाल समिति तथा अध्यक्ष चयन, प्रमुख कार्यकारी अधिकृत र उच्च पदस्थ कर्मचारीको समायोजनको विषय टुङ्गो लगाईने उक्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL