Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयमा बालमैत्री धारा निर्माण

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयमा बालमैत्री धारा निर्माण



काठमाडौं । महालक्ष्मी विकास बैंकको भक्तपुर शाखाले चेतना आधारभूत विद्यालयमा बालमैत्री खानोपानीको धारा निर्माण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत चाँगुनारायण नगरपालिका वडा नं ६, नगरकोट, वेशीटोल स्थित उक्त विद्यालयमा धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।

laxmi

विद्यालयमा आयोजित एक विशेष समारोहका बीच भक्तपुर शाखाका शाखा प्रबन्धक अनु श्रेष्ठले उक्त बालमैत्री धारा विद्यालयलाई हस्तान्तरण गरेका हुन् । यस प्रकारको सहयोगले उक्त विद्यालयमा रहेका बालबालिकाहरुलाई स्वस्थ पिउने पानी उपलब्ध हुनुका साथै उनीहरुको सरसफाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL