Logo

ज्योति विकास बैंकको मणिग्राम र परासी शाखा उद्घाटन, डलर कार्डदेखि मेरोसेयरसम्म निशुल्क

ज्योति विकास बैंकको मणिग्राम र परासी शाखा उद्घाटन, डलर कार्डदेखि मेरोसेयरसम्म निशुल्क



काठमाडौं । ज्योति विकास बैंकले शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो।

laxmi

तिलोत्तमा नगरपालिका वडा नं। ५, रुपन्देहीस्थित मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खाण र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरेका थिए ।

साथै, रामग्राम नगरपालिका वडा नं ३ परासीस्थित परासी शाखाको उद्घाटन् रामग्राम नगरपालिकाका मेयर धनपत यादव र बैंकका संचालक मन महर्जनले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

नयाँ शाखाहरुको उद्घाटन अवसरमा बैंकले मणिग्राम र परासी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्युआर कोड, निशुल्क डलर कार्ड जारी, निशुल्क डिम्याट खाता, निशुल्क मेरोसेयर रजिस्ट्रेशन, निशुल्क डेबिट कार्ड, निशुल्क मोबाईल बैंकिंग सेवा, निशुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL