Logo

मुक्तिनाथ विकास बैंक र स्माइल मेकर्स डेन्टल होमबीच सम्झौता, बैंकका ग्राहकहरुलाइ विशेष छुट

मुक्तिनाथ विकास बैंक र स्माइल मेकर्स डेन्टल होमबीच सम्झौता, बैंकका ग्राहकहरुलाइ विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकले स्माइल मेकर्स डेन्टल होम संग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई २० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले ललितपुरको गोदावरी स्थित उक्त डेन्टल होमका सेवाहरुमा उक्त छुट प्राप्त गर्ने गरि सम्झौता भएको जानकारी दिएका छन ।

उक्त सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले उक्त डेन्टल होममा विभिन्न सुविधाहरु जस्तै दाँत सफा गर्ने, दाँत भर्ने र नक्कली दाँत हाल्नेमा विशेष छुट प्राप्त गर्न सक्ने भएका छन ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ र कर्जा जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL