Logo

प्रभु बैंकका ग्राहकले द क्लिफमा बन्जी गर्दा विशेष छुट पाउने, सम्झौतामा हस्ताक्षर

प्रभु बैंकका ग्राहकले द क्लिफमा बन्जी गर्दा विशेष छुट पाउने, सम्झौतामा हस्ताक्षर



काठमाडौं । नेपालकै उत्कृष्ट एड्भेन्चर हब द क्लिफ प्रालिले आफ्ना ग्राहकलाई सहुलियत दिन प्रभु बैंकसँग साझेदारी गरेको छ ।

साझेदारीसँगै प्रभु बैंकका कर्मचारी र प्रभु बैंकका ग्राहकले द क्लिफमा बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर गतिविधि गर्दा १० प्रतिशत नगद छुट प्राप्त गर्नेछन् । प्रभु बैंकको मोबाइल एप, डेबिट कार्ड, क्रेडिट कार्ड मार्फत भुक्तानी गरी छुट प्राप्त गर्न सकिने द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए ।

ग्राहकलाई छुट दिने साझेदारीमा प्रभु बैंकको मुख्य व्यवसाय केन्द्र अधिकारी शान्ति शेरचन र द क्लिफका प्रमुख कार्यकारी अधिकृत इश्वध्वज कार्कीले हस्ताक्षर गरेका छन् । आफ्ना ग्राहकलाई मुलुककै ट्रेन्डिङ एड्भेन्चर हबमा छुट दिलाउन पाउँदा खुसी लागेको प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बताए ।

द क्लिफको रिसोर्ट तथा एड्भेन्चर परियोजना निर्माणमा प्रभु बैंकले ऋण लगानी समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL