Logo

माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा डब्बल धमाका योजना, ९० प्रतिशतसम्म ऋण

माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा डब्बल धमाका योजना, ९० प्रतिशतसम्म ऋण



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्ने छ । इच्छुक ग्राहकले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सक्नेछन् ।

यस बैंकले हाल देशका७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL