Logo

महालक्ष्मी विकास बैंक र हेटौडाको कालिज गार्डेन इको रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा छुट

महालक्ष्मी विकास बैंक र हेटौडाको कालिज गार्डेन इको रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक र हेटौडा –११ स्थित कालिज गार्डेन इको रिसोर्टबीच सहकार्यको सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच २ निकायबीच हकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL