Logo

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर सम्झौता, चुक्ता पुँजी ३२.८१ अर्ब, अध्यक्ष र सीइओ दुबै इन्भेष्टमेन्टकै

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर सम्झौता, चुक्ता पुँजी ३२.८१ अर्ब, अध्यक्ष र सीइओ दुबै इन्भेष्टमेन्टकै



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पांडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गरेका हुन् ।

laxmi

नेपाल राष्ट्र बैंकको गाभ्ने, गाभिने नीतिअनुरुप दुई बैंकहरु एकआपसमा गाभिने गरी सम्झौता भएको हो । मर्जर पछि बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पांडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको नया सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहनेछ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको चुक्ता पुँजी १८.३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पुँजी १४.५० अर्ब रहेकोमा दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३२.८१ अर्ब पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL