Logo

चालु खाता घाटा ५ खर्ब ४७ अर्ब पुग्दा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्बले ऋणात्मक, वैदेशिक लगानीमा पनि देखिएन सुधार

चालु खाता घाटा ५ खर्ब ४७ अर्ब पुग्दा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्बले ऋणात्मक, वैदेशिक लगानीमा पनि देखिएन सुधार



काठमाडौं । चालु आर्थिक बर्षको बैशाखसम्म नेपालको चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ । गत आर्थिक बर्षको यहि अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो ।

laxmi

यस्तै गत साउनयता बैशाखसम्म नेपालको शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालु आवको १० महिनामा २ अर्ब ४१ करोडले घाटामा रहेको छ ।

चालु आवको १० महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी गत आवको सोही अवधिको तुलनामा १८.२ प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL