Logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सामजिक उत्तरदायित्व, किशोरी प्रोजेक्टलाई दियो ३० लाख रुपैयाँ

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सामजिक उत्तरदायित्व, किशोरी प्रोजेक्टलाई दियो ३० लाख रुपैयाँ



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ओपन नलेज नेपालको किशोरी प्रोजेक्टलाई ३० लाख ३६ हजार रुपैयाँ सहयोग गरेको छ । सहायता रकम बैंकका कर्पोरेट अफेयर्स ब्राण्ड एण्ड मार्केटिङ्ग प्रमुख प्रनु सिंहले ओपन नलेज नेपालका सीइओ निकेश बलामीलाई हस्तान्तरण गरेकी थिइन् ।

रकम हस्तान्तरण गर्दै सिंहले विभिन्न सीपहरु सिकाउने र समाजमा आवश्यक प्रगति एवं परिवर्तन ल्याउन सहयोग गर्ने लक्ष्य लिएको ओकेएनसँग सहकार्य गर्न पाउँदा बैंक हर्षित भएको बताइन् ।

यस किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ ।

परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहनेछ भने यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL