GBIME

वीरगञ्जको रुंगटा मलमा मेगा बैंकको शाखा, आदर्शनगरको शाखा रुंगटा सारियो


बिजखबर संवाददाता
30 May, 2022 6:11 pm

वीरगञ्जको रुंगटा मलमा मेगा बैंकको शाखा, आदर्शनगरको शाखा रुंगटा सारियो

काठमाडौं । वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नेपाल लिमिटेडको शाखा स्थापना भएको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गरेका हुन् । यसअघि आदर्शनगरमै रहेको शाखा रुंगटा मलमा स्थानान्तरण गरिएको हो ।

NLIC
LAXMI

मेगा बैंकका अध्यक्ष शाहले मेगा बैंकले अत्याधुनिक बैंकिङ सेवाका साथै छिटो, छरितो र प्रभावकारी ढंगले सेवा प्रवाह गरिरहेको बताए । औद्योगिक नगरी वीरगञ्जलाई मेगा बैंकले सँधै प्राथमिकता दिएको बताउँदै अध्यक्ष शाहले युवा उद्यमी, निर्यातमुखी कृषि तथा निर्यातमुखी व्यवसायलाई मेगा बैंकले प्राथमिकता र प्रोत्साहन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL