Logo

कुमारी बैंक र लाल रत्न अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्योपचारमा विशेष छुट

कुमारी बैंक र लाल रत्न अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्योपचारमा विशेष छुट



काठमाडौं । कुमारी बैंक र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिका स्थित लाल रत्न अस्पतालबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वस्थ्योउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सुदुरपश्चिम प्रदेशका सेवाग्राहीहरुले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL