Logo

नबिल बैंकको सीईओमो ज्ञानेन्द्र ढुंगाना नियुक्त, १७ गतेदेखि कार्यभार सम्हाल्ने

नबिल बैंकको सीईओमो ज्ञानेन्द्र ढुंगाना नियुक्त, १७ गतेदेखि कार्यभार सम्हाल्ने



काठमाडौं । नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । नबिल बैंकको शनिबार सम्पन्न विशेष साधारणसभाले उनलाई असार १७ गतेबाट लागू हुने गरी सीईओमा नियुक्त गरेको हो । यसअघि संचालक समितिको बैठकले ढुंगानालाई सीईओमा नियुक्ती गर्ने प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव शनिबार अनुमोदन भएको हो ।

laxmi

नबिल बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल १० गते सकिँदैछ । यसअघि ज्ञानेन्द्र ढुंगाना नेपाल बंगलादेश बैंक (एनबी)को सिईओ थिए । एनबी बैंक र नबिल बैंकबीचको प्राप्तीमा ठुलो भुमिका खेलको जस उनलाई जान्छ । नबिल बैंकको संचालक समितिले दुई बैंकको एकिकृत कारोबार गर्दा सीइओ ढुंगाना रहने गरी नियुक्त गरेको हो । सम्भवतः असार ३० सम्म दुई बैंकबीचको प्राप्ती प्रक्रिया टुंगिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL