Logo

लुम्बिनी विकास बैंकका थप २ नयाँ शाखा संचालनमा, ५ नयाँ शाखा विस्तार गर्ने योजना

लुम्बिनी विकास बैंकका थप २ नयाँ शाखा संचालनमा, ५ नयाँ शाखा विस्तार गर्ने योजना



काठमाडौं । लुम्बिनी विकास बैंकले एकैदिन थप दुई नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ खोलिएका शाखाहरुमा काठमाडौंको कलंकी र नुवाकोटको बट्टारमा संचालनमा ल्याएको हो । काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नम्बर १३ स्थित कलंकीमा संचालन गरेको शाखा ८० औँ शाखा र नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नम्बर २ स्थित बट्टारमा संचालन गरेको शाखा ८१ औँ शाखाको रुपमा रहेको बैंकले जानकारी दिएको छ ।

laxmi

बैंकिङ सेवा पुर्याउने उदेश्यले बैशाख २१ गते देखि थप दुई शाखाहरुको उद्घाटन गरेको बैंकले जानकारी दिएको छ । उक्त बिकास बैंकको कलंकी शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरेका छन । यस्तै बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्योग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा गरेका छन ।

नयाँ संचालनमा ल्याईएका दुई शाखा सहित बैंकले अब देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दैछ ।यसका साथै निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा, बर्दियाको ताराताल, कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणी समेत गरी थप ५ शाखा खोल्ने तयारी भईरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL