Logo

क्रेडिट कार्ड प्रयोगमा कडाई, वालेटबाट खातामा ट्रान्सफर गर्न र नगद झिक्न रोक

क्रेडिट कार्ड प्रयोगमा कडाई, वालेटबाट खातामा ट्रान्सफर गर्न र नगद झिक्न रोक



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रेडिटकार्ड प्रयोगमा कडाई गरेको छ । पछिल्लो समय क्रेडिट कार्ड प्रयोगकर्ताले राष्ट्र बैंकको निर्देशन विपरित दुरुपयोग गर्नथालेपछि राष्ट्र बैंकले सर्कुलर नै जारी गरेर कडाई गरेको छ ।

laxmi

नयाँ निर्देशन अनुसार अबका दिनमा क्रेडिट कार्डको पैसा वालेटमा लोड गरेर बैंक खातामा ट्रान्सफर गर्न तथा नगद निकाल्न पाईने छैन ।

‘यसअघि क्रेडिटकार्डको पैसार वालेटमा लोड गरेर सो रकमलाई बैंक खातामा ट्रान्सफर गरे नगद निकालेको पाईयो,’ राष्ट्र बैंक भुक्तानी सन्तुलन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भने, ‘अबका दिनमा क्रेडिट कार्डको रकम वालेटमा लोड गरेर क्युआर पेमेन्ट तथा मोवाईल बैंकिङमार्फत सामान खरिद गर्न पाईयो तर नगद निकालेर चलाउन पाईनेछैन ।’

साथै क्रेडिट कार्डको रकम बैंक खातामा ट्रान्सफर गर्न तथा नगद निकाल्न नमिल्ने व्यवस्था गर्न समेत राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायकलाई निर्देशन दिएको छ ।

nrb circular

प्रतिक्रिया दिनुहोस्
MBL