Logo

मुक्तिनाथ विकास बैंक र डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकमा विशेष छुट

मुक्तिनाथ विकास बैंक र डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकमा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र बालाजुस्थित डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकबीच सम्झौता भएको छ । बैंकको भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई विशेष छुट दिनेगरी उक्त क्लिनिकसँग सम्झौता भएको हो ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बालाजुमा रहेको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विभिन्न सुविधाहरुमा २० प्रतिशतसम्मको छुट पाउनेछन् ।

laxmi

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

यस्तै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL