Logo

महालक्ष्मी विकास बैंक र भैरहवाको आँगन रेष्टुरेन्टबीच सम्झौता, बैंकका ग्राहकले रेष्टुरेन्टमा छुट पाउने

महालक्ष्मी विकास बैंक र भैरहवाको आँगन रेष्टुरेन्टबीच सम्झौता, बैंकका ग्राहकले रेष्टुरेन्टमा छुट पाउने



काठमाडौं । महालक्ष्मी विकास बैंक र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच एक सम्झौता भएको छ ।
बिहीबार दुई निकायबीच सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले आँगन रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

laxmi

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्रहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL