Logo

ओडी कर्जामा थप कडाई, यसअघि लिएको ओडी समेत बन्द गर्न व्यवसायीलाई बैंकको दबाब

ओडी कर्जामा थप कडाई, यसअघि लिएको ओडी समेत बन्द गर्न व्यवसायीलाई बैंकको दबाब



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणीहरुलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् । नेपाल राष्ट्र बैंकले ओडी कर्जा सुविधा बन्द गर्न आन्तरिक रुपमा निर्देशन दिएको भन्दै बैंकले उद्योगी व्यवसायीलाई यस अघि लिएको ओडी कर्जा सुविधा बन्द गर्न दबाब दिन थालेका हुन् ।

laxmi

हाल बैंकले ५० लाखसम्मको व्यक्तिगत ओडी र व्यवसायीक ओडी दिँदै आएको छ । तर त्यसरी दिएको ओडी दुरुपयोग भएको निष्कर्ष सहित राष्ट्र बैंकले अंकुश लगाउन लागेको हो । सोही अनुरुप बैंकले पनि आफ्ना ग्राहकलाई ओडी खाता बन्द गर्न दबाब दिन थालेको एक व्यवसायीले जानकारी दिए ।

‘केही दिनयता बैंकहरुले यसअघि लिएको ओडी कर्जा सुविधा बन्द गर्न पर्यो भन्दै फोन गर्न थालेका छन्,’ एक उद्योगीले भने, ‘अहिले बैंकहरुले राष्ट्र बैंकको निर्देशन भन्दै दैनिकजसो फोन गरेर यसअघि चलाएका ओडी सुविधा भुक्तानी गरेर उक्त कर्जा खातानै बन्द गर्न दबाब दिईरहेका छन् ।’

तर त्यसरी बैंकहरुले राष्ट्र बैंकको निर्देशन भन्दै उद्योगी व्यवसायीलाई यस अघि लिएको ओडी कर्जा सुविधा समेत बन्द गर्न लगाउँदा समस्या उत्पन्न हुने अर्का एक व्यवसायीले बताए । ‘उद्योगी व्यवसायीले व्यवसायीक कार्यका लागि ओडी कर्जा लिएर लगानी गरेका हुन्छन्,’ ती व्यवसायीले भने, ‘अहिले बैंकहरुले राष्ट्र बैंकको निर्देशन भन्दै त्यस्ता कर्जा तुरुन्त तिर्न दबाब दिँदैमा कसले तिर्न सक्छ ?’

ओडीमा दिएको कर्जा दुरुपयोग भएको निष्कर्ष सहित राष्ट्र बैंकले व्यक्तिगत ओडी कर्जाको सिमा घटाउँदै ५० लाख रुपैयाँमा झारेको थियो । तर त्यसरी प्रदान गरिएको ओडी कर्जा समेत सही सदुपयोग नभएको भन्दै पछिल्लो समय बन्दनै गर्न लागेको सम्बद्ध समाचार स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL