Logo

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल, बुधबारदेखि बैंकको कमाण्ड सम्हाल्ने

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल, बुधबारदेखि बैंकको कमाण्ड सम्हाल्ने



काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंक संचालक समितिको मंगलबार बसेको बैंठकले खनाललाई सीईओमा नियुक्त गरेको हो ।

laxmi

यस अघि बैंकको कामू सीइओ रहेका खनाललाई बैंक सञ्चालक समितिको बैठकले आगामी ४ बर्षका लागि नियुक्त गरेको हो । नवनियुक्त सीईओ खनालले बुधबारदेखि कुमारी बैंकको कमाण्ड सम्हाल्ने छन् ।

तत्कालिन कामू सीइओ रहेका अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ मनिष तिमिल्सिना स्वेच्छिक अवकास लिएर बाहिरिएका बाहिरिएपछि खनालले कामू सीईओको जिम्मेवारी सम्हालेका थिए । बैंकका गत ९ महिनादेखि सीईओ नियुक्त हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
MBL