Logo

गभर्नर अधिकारी आजदेखि नियमित काममा फर्किँदै, १२ दिनपछि कार्यालय जाँदैं

गभर्नर अधिकारी आजदेखि नियमित काममा फर्किँदै, १२ दिनपछि कार्यालय जाँदैं



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित काममा फर्किने भएका छन् । मंगलबार सर्वोच्च अदातलले २४ चैतको मन्त्रिपरिषद् बैठकको निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी आजदेखि राष्ट्र बैंक फर्किन लागेका हुन् । । उनी १२ दिनपछि कार्यालय जाँदै छन्।

laxmi

न्यायाधीश हरि फुयालको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको हो । सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL