Logo

निलम्बित गभर्नर अधिकारीद्वारा सर्वोच्चमा रिट दर्ता, मंगलबार प्रारम्भिक सुनुवाई हुने

निलम्बित गभर्नर अधिकारीद्वारा सर्वोच्चमा रिट दर्ता, मंगलबार प्रारम्भिक सुनुवाई हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अधिकारीले सरकारले आफूलाई पदमुक्त गर्ने गरी आफ्ना विरुद्ध छानविन समिति गठन गरेको भन्दै सो विरुद्ध सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।

laxmi

यस अघि बसेको मन्त्रिपरिषदको बैंठकले गभर्नर अधिकारीमाथि छानविन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा तीन सदस्य समिति गठन गरेको थियो । तर गभर्नर अधिकारीले आफूलाई पदमुक्त गर्ने उद्देश्यले जाँचबुझ समिति गठन गरिएको, जाँचबुझ समितिका अध्यक्ष अर्थमन्त्री जनार्दन शर्माका आफन्त भएको र समितिका सदस्यहरुको समेत योग्यता नपुग्ने लगायतका कारण सहित सर्वोच्चमा रिट दायर गरेका सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

साथै अधिकारीले दायर गरेको रिटमाथि मंगलबार सुनाई हुने समेत सर्वोच्च स्रोतको भनाई छ । सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ पछि गभर्नर अधिकारीको निवेदनमा अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL