Logo

माछापुच्छ्रेको ग्राहक सेवा केन्द्रले अब २४ सै घण्टा सेवा दिने, यसरी लिन सकिन्छ सेवा

माछापुच्छ्रेको ग्राहक सेवा केन्द्रले अब २४ सै घण्टा सेवा दिने, यसरी लिन सकिन्छ सेवा



काठमाडौँ । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर परि आफ्नो ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरि सुरुवात गरेको छ । बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ स्मार्ट सुविधाहरु सहितविभिन्न ट्रेण्ड सेट गर्दै आएको र्बैंकले ग्राहकलाई मध्यनजर गर्दै बैंकले यसअघि सिमित अवधिका लागि संचालन गरिरहेकोे सेवा हरेक दिन २४ सै घण्टा संचालन गर्ने व्यवस्था मिलाएको हो ।

laxmi

ग्राहक सेवा केन्द्रले ग्राहकलाई परेको समस्याको समाधान बैंकको औपचारिक सामाजिक सञ्जालतथा टेलिफोन मार्फत सुविधा दिँदै आईरहेको छ । बैंकको गुणस्तरिय सेवाविस्तारका साथै देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंक संग सम्बन्धित सूचना आदान-प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भुमिका खेल्नेछ ।

ग्राहक महानुभावहरुले ०१५९७०५५५ नम्बरमाफोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नुहुनेछ । जसबाट ग्राहकहरुले बैंक संग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।

स्थापना कालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईनमार्फत खाताएंव मुद्धती खाताखोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएममार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL