Logo

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, बाल संगठनलाई सहयोग

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, बाल संगठनलाई सहयोग



काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत नक्साल, काठमाडौंमा अवस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ ।

laxmi

बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र संवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापित संगठनमा रहदै आएका फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलोहोस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष प्रेमप्रसाद पराजुली र प्रमुख कार्यकारी अधिकृत अजय कुमार शाहले विगत देखि नै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रम गरी उदाहरणीय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL