Logo

जमल, महाराजगंज र जरङखुमा एभरेष्ट बैंकको नयाँ शाखा विस्तार

जमल, महाराजगंज र जरङखुमा एभरेष्ट बैंकको नयाँ शाखा विस्तार



काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आइतबार राजधानीको जमल, महाराजगंज र जरङखुमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको छ । जमल शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिग र राष्ट्रिय नाचघरका, महाप्रबन्धक अशोक कुमार राईले संयुक्त रुपमा गरेका छन् ।

laxmi

त्यसैगरी, महाराजगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङ्ग र काठमाडौं महानगरपालिका वडा नम्बर ०४ का वडा अध्यक्ष मोहन बहादुर बिष्टले संयुक्त रुपमा गरे भने जरङखु शाखाको उद्घाटन बैंकका संचालक डा. बाल गोपाल बैद्य र तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोराले संयुक्त रुपमा गरे ।

उक्त उद्घाटन समारोहमा बैंकका सहायक महाप्रबन्धक केशव राज पौड्याल र आशुतोष शर्मा, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धकसन्तोष कुमार भट्टराई, अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL