Logo

बैंक अफ काठमाण्डौं र रोडहाउस क्याफे पोखराबीच सम्झौता, बैंकका ग्राहकलाई क्याफेमा बिशेष छुट

बैंक अफ काठमाण्डौं र रोडहाउस क्याफे पोखराबीच सम्झौता, बैंकका ग्राहकलाई क्याफेमा बिशेष छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौतापश्चात् ग्राहकहरुले रोडहाउस क्याफे पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि बैंकका ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । रोडहाउस क्याफे पोखराले लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डु लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL