Logo

विस २०७९ सालमा शनिबारबाहेक ४४ दिन बैंक बन्द हुने, यस्तो छ विदाको सूची

विस २०७९ सालमा शनिबारबाहेक ४४ दिन बैंक बन्द हुने, यस्तो छ विदाको सूची



काठमाडौं । विस २०७९ सालमा ४४ दिन बैंक बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकले २०७९ सालको बैंक विदाको सूची सार्वजनिक गरेअनुसार शनिबारबाहेक विभिन्न चाडपर्वका लागि बर्षभरीमा ४४ दिन सार्वजनिक विदा हुने राष्ट्रबैंकले जनाएको छ ।

laxmi

यस्तै केन्द्रीय बैंकले दसैँको विदा ७ दिन हुने जनाएको छ । असोज १० गते घटस्थापनाका दिन विदा छ भने १६ गते फूलपातीका दिनदेखि २१ गतेसम्म विदा छ ।

यसैगरी तिहारमा ५ दिन विदा छ । यसबाहेक सरकारले सार्वजानिक विदा घोषणा गरेका दिनहरुमा पनि बैंक बन्द रहने छ ।

बैशाख १ देखि कात्तिक १५ सम्म र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० देखि साँझ ४ बजेसम्म बैंकिङ्ग कारोबार हुनेछ भने कात्तिक १६ देखि माघ १५ सम्म बिहान १० देखि साँझ ३ बजेसम्म बैंकिङ्ग कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL