Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई सहयोग प्रदान

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई सहयोग प्रदान



काठमाडौं । महालक्ष्मी विकास बैंकको साँफेबगर शाखाले सामाजिक स्थानीय श्री सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ ।

laxmi

विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच एक हजार र पाँच सय लिटरको एक÷एक हिल ट्यांक र डष्टविन हस्तान्तरण गरिएको साँफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी दिए ।

क्याम्पसको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले क्याम्पसलाई डस्टविन र पानी ट्यांकी सहयोग गरिएको उनको भनाइ छ ।
सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रविन्द्र बहादुर शाहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL