Logo

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेट्रो होटल एण्ड स्पामा छुट, सम्झौतामा हस्ताक्षर

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेट्रो होटल एण्ड स्पामा छुट, सम्झौतामा हस्ताक्षर



काठमाडौं । महालक्ष्मी विकास बैंक र रेट्रो होटल एण्ड स्पाबिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

laxmi

उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपालीलाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यस बैंकले कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL