Logo

रेमिट्यान्स आप्रवाह लगातार ओरालो, ७ महिनामा ५ प्रतिशतको गिरावट

रेमिट्यान्स आप्रवाह लगातार ओरालो, ७ महिनामा ५ प्रतिशतको गिरावट



काठमाडौं । पछिल्लो समय नेपालमा विभिन्न देशबाट भित्रिने रेमिट्यान्समा लगातार ओरालो लाग्ने क्रम जारी छ । उल्लेख्य नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम र पुनः श्रम स्विकृति लिएपनि रेमिट्यान्स आप्रवाह भने घटिरहेको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पछिल्लो ७ महिनाको तथ्यांक अनुसार नेपालमा ५ खर्ब ४० अर्व १२ करोड रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको छ । यो चालु आवको माघ मसान्तसम्मको तथ्यांक हो ।

laxmi

गत आर्थिक बर्षको ७ महिनामा नेपालमा रेमिट्यान्स १० दशमलव ९ प्रतिशतले बढेपनि यो बर्ष भने ४ दशमलव ९ प्रतिशतले विप्रेषण आप्रवाहमा गिरावट आएको हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ दशमलव ८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । गत बर्षको यहि अवधिमा यस्तो आप्रवाह ६ दशमलव ८ प्रतिशतले बढेको थियो । चालु आवको ७ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख १ सय २ जना पुगेको छ । गत बर्षको यहि अवधिमा यस्तो संख्या ८५ दशमलव ४ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५ दशमलव ९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । पछिल्लो ७ महिनामा १ लाख ५२ हजार ३ सय २५ जनाले पुनः श्रम स्विकृति लिएका हुन् । गत बर्षको सोही अवधिमा यस्तो संख्या ७३ दशमलव १ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL