Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, सुर्खेतका विद्यार्थीलाई झोला वितरण

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, सुर्खेतका विद्यार्थीलाई झोला वितरण



काठमाडौं । महालक्ष्मी विकास बैंक सुर्खेत शाखाले विद्यार्थीलाई झोला वितरण गरेको छ । बैंकले बुधबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थिलाई झोला वितरण गरेको हो ।

laxmi

उक्त झोला वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति थियो । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यावस्थापनले बैंकलाई धन्यवाद ज्ञापन गरेको छ ।

सोही कार्यक्रममा बोल्दै सुर्खेत शाखाका शाखा प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थिलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने विश्वास ब्यक्त गरे ।

बैंकले हाल प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १ सय ३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL