Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, कैलाश आश्रमलाई सहयोग हस्तान्तरण

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, कैलाश आश्रमलाई सहयोग हस्तान्तरण



काठमाडौं । मुक्तिनाथ विकास बैंकले कपिलवस्तुको कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । आश्रम धामद्वारा संचालित मनकामना गुरुकुलमा भवन निर्माणका लागि बैंकले सहयोग गरेको जनाएको हो ।

laxmi

बैंकले आश्रम धामलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमुख राजेन्द्र घिमिरे, जीतपूर शाखाका प्रबन्धक लेखेन्द्र जिसी र अन्य कर्मचारीहरुको उपस्थिति तथा आश्रम धामको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटएिम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग ( आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL