Logo

महालक्ष्मी विकास बैंक र भिआईपी क्लव एण्ड लाउन्जबीच सम्झौता, इन्टरनेट बैंकिङबाट भुक्तानी गरे बारमा छुट

महालक्ष्मी विकास बैंक र भिआईपी क्लव एण्ड लाउन्जबीच सम्झौता, इन्टरनेट बैंकिङबाट भुक्तानी गरे बारमा छुट



काठमाडौं । महालक्ष्मी विकास बैं र भिआईपी क्लव एण्ड लाउन्जबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंक र लाउन्जबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

laxmi

उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।

उक्त किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १ सय ३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL