Logo

कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा



कामना सेवा विकास बैंकले चितवनमा थप ३ वटा शाखा विस्तार गरेको छ । खैरहनी नगरपालिका वडा नं. ०८ पर्सा बजारमा, कालिका नगरपालिका वडा नं. ४ पदमपुरमा र भरतपुर महानगरपालिका वडा नं. २५ अमृतचोकमा शाखा विस्तार गरेको हो ।

laxmi

योसँगै कामना बैंकको शाखा कार्यालय १३२ पुगेको छ । बैंकले नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत ग्राहकलाई बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । बैंकका १३२ शाखा, १ विस्तारित काउन्टर, ४ शाखा रहित बैंकिङ सेवा तथा ७७ एटिममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL