Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, मनोरम नगर समाजलाई आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, मनोरम नगर समाजलाई आर्थिक सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले मनोरम समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको लोकन्थली स्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण सम्बन्धी कार्य गर्न मनोरम नगर समाजलाई आर्थिक सहयोग गरेको हो ।

laxmi

बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै मनोरम नगर समाजलाई चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ प्रमुख बसन्त बक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योति प्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्दक सुरज गौतम र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा मनोरम नगर समाजको तर्फबाट अध्यक्ष विश्व वन्धु गौतम तथा अन्य आधिकारिक सदस्यहरुको पनि उपस्थिति थियो ।

बैंकको उक्त सहयोगबाट पार्क निर्माणको कार्य सम्पन्न गर्न तथा वृक्षारोपण तथा सम्भार गर्न मद्दत पुग्ने मनोरम नगर समाजले जानकारी दिएको छ ।

मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, उक्त सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL