Logo

कामना सेवा विकास बैंकद्वारा थप ३ शाखारहित बैंकिङ सञ्चालनमा

कामना सेवा विकास बैंकद्वारा थप ३ शाखारहित बैंकिङ सञ्चालनमा



काठमाडौं । कामना सेवा विकास बैंकले थप ३ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा रुपन्देहीको देवदह नगरपालिका–८, अर्घाखाँचीको सितगंगा–२, सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल–७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

laxmi

देवदह नगरपालिकामा देवदह मोबाइल एण्ड कम्प्युटर (प्रो घनश्याम केसी), सितगंगा नगरपालिका सचिन मोबाइल सेन्टर (प्रो सचिन बोहोरा) र मध्यनेपाल नगरपालिकामा इशानेश्वर इलेक्टोनिक्स, (प्रो निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

देवदह रुपन्देहीमा बैंकका सञ्चालक भीमप्रसाद तुलाचन र देवदह नगरपालिका–८ का वडा अध्यक्ष्य डण्डपानी भट्टराई, मध्यनेपाल, लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारी तथा अर्घाखाँची जिल्लाको सितगंगा–२ सितापुरमा सितगंगा नगरपालिका–२ का वडा अध्यक्ष्य गोबद्र्धन थापाले उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बैंकका संस्थापक, बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो । शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL