Logo

पूर्वाधार विकास बैंकले सर्त सहित ऊर्जा ऋणपत्र जारी गर्न पाउने, यस्तो छ राष्ट्र बैंकको निर्देशन

पूर्वाधार विकास बैंकले सर्त सहित ऊर्जा ऋणपत्र जारी गर्न पाउने, यस्तो छ राष्ट्र बैंकको निर्देशन



काठमाडौं । पूर्वाधार विकास बैंकले पनि उर्जा ऋणपत्र जारी गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै उक्त व्यवस्था गरिदिएको हो । यसअघि राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा उक्त व्यवस्था गरेको थियो ।

laxmi

‘पूर्वाधार विकास बैंकले सम्बन्धित निकायबाट स्वीकृति लिई उर्जा ऋणपत्र जारी गर्न सक्नेछन्,’ निर्देशनमा भनिएको छ, ‘उर्जा ऋणपत्र जारी गरी संकलन गरिएको रकमबाट लगानी गरिएको उर्जा परियोजनाको विवरण अध्यावधिक गर्नु पर्नेछ ।’

पूर्वाधार विकास बैंकले ऋणपत्र जारी गर्दा नै पुँजी कोषको अङ्गको रुपमा रहने वा स्रोत परिचालनमा गणना हुने व्यहोरा स्पष्ट रुपमा खुलाउनु पर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअघि जारी गरिएका वा स्वीकृति प्राप्त गरी जारी हुने प्रक्रियामा रहेका ऋणपत्रलाई सोही बमोजिम छुट्याउनु पर्ने निर्देशनमा उल्लेख छ । एकपटक ऋणपत्रको वर्गीकरण गरेपछि पुनःपरिवर्तन गर्न पाइने छैन ।

[googleapps domain=”drive” dir=”file/d/18v6w9d0E9cuD2PbMPXe_uxnjt3x_M5xn/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL