Logo

सेयर, रियल स्टेट र सवारीकर्जा उच्च जोखिमको सूचिमा : जोखिम भार १५० प्रतिशत, आयातमा पनि १२०

सेयर, रियल स्टेट र सवारीकर्जा उच्च जोखिमको सूचिमा : जोखिम भार १५० प्रतिशत, आयातमा पनि १२०



काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको विभिन्न ४ प्रकृतिका कर्जाको जोमिख भार बढाएको छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै सेयर धितो कर्जालगायत अन्य कर्जाको जोखिम भार बढाएको हो ।

laxmi

एकीकृत निर्देशन संशोधन गर्दै यस अघि मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १ सय प्रतिशत रहेको जोखिम भारलाई बढाएर १५० प्रतिशत पुर्याएको हो । यसैगरी जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जाको पनि जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएको छ ।

साथै आयातमा कडाईको नीति लिएको राष्ट्र बैंकले ट्रस्ट रिसिटलगायतका आयात कर्जाको जोखिभ वृद्धि गर्दै १२० प्रतिशत पुर्याएको छ ।

[googleapps domain=”drive” dir=”file/d/1xKmZENhKXfrd8yJjG0YZTkPTFXNlZgDE/preview” query=”” width=”700″ height=”500″ /]

प्रतिक्रिया दिनुहोस्
MBL