Logo

ज्योति विकास बैंकद्वारा शिशुवा अस्पताललाई बेबी वार्मर हस्तान्तरण

ज्योति विकास बैंकद्वारा शिशुवा अस्पताललाई बेबी वार्मर हस्तान्तरण



काठमाडौँ  । ज्योति विकास बैंकले नवजात शिशु तापक्रम उचित प्रयोग हुने स्वदेशमै निर्मित न्यानो बेबी वार्मर शिशुवा अस्पताल पोखरालाई सहयोग गरेको हो । 

अस्पतालमा आयोजित कार्यक्रममा पोखरा क्षेत्र बैंक प्रमुख सञ्चालक विशाल लामिछाने तथा तालचोक शाखा प्रमुख सागर मणि भण्डारीद्वारा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष् ड़ा.नारायण ओझालाई सहयोग बेबी वार्मर हस्तान्तरण गरेका हुन् ।

बैंकले यसअघि पनि स्थापनाको १३ औं वार्षिक उत्सवमा नेपालको राष्ट्रिय आविष्कार केन्द्रका डा.माहावीर पुनद्वारा प्र्वद्रित राष्ट्रिय केन्द्रलाई १२ वटा न्यानो नानी ‘बेबी वार्वर’ बनाई नेपालको विभिन्न ग्रामिण क्षेत्र लागायत पहुँच नपुगेका ठाउँहरुमा अस्पताललाई सहयोग पुर्याउन सहकार्य गरी परियोजना २ का लागी सहयोग प्रदान गरेको थियो ।

ज्योति विकास बैंकले हाल १ सय ११ शाखा कार्यलय,१ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत बैंकिंग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL