Logo

नेपाल बैंकको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्तर्गत ग्राहकलाई एक तोला सुन उपहार

नेपाल बैंकको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्तर्गत ग्राहकलाई एक तोला सुन उपहार



काठमाडौँ । नेपाल बैंक लिमिटेडको वीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले एक तोला सुन उपहार पाएका छन् । केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्तर्गत एक तोला सुन उपहार प्राप्त गरेका हुन् ।

बैंकको आदर्शनगर शाखामा गत बिहीबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालय प्रमुख शिवराम मिश्रले उपहार विजेता केसीलाई सुन हस्तान्तरण गरे । सुन विजेता केसीले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विभिन्न कारोबार गर्दा उपहारस्वरूप सुन पाउँदा आफूलाई धेरै खुसी लागेको बताए । उनले आफ्ना साथीभाइ, नातागोता र छरछिमेकीलाई समेत नेपाल बैंक लिमिटेडको मोबाइल एप प्रयोग गर्न सुझाब दिने जनाए ।

बैंकका मधेस प्रदेश कार्यालय प्रमुख मिश्रले उपहार विजेता केसीलाई बधाई दिँदै नेपाल बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या दिन/प्रतिदिन उल्लेख्य रूपमा बढ्दै गएको बताए । साथै, प्रभावकारी ग्राहक सेवा दिन बैंक प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो ।

नेपालकै पहिलो बैंक नेपाल बैंकले हालसम्म देशभर २१३ शाखा, १४८ वटा एटीएम र ४९ वटा एक्सटेन्सन काउण्टर स्थापना गरी सेवा दिँदै आएको छ । बैंकले पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This