Logo

एनएमबि बैंक र रेमिट हाइड्रोबीच सहकार्य, घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने

एनएमबि बैंक र रेमिट हाइड्रोबीच सहकार्य, घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने



काठमाडौँ । एनएमबि बैंक र रेमिट हाइड्रोबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धमा सहकार्य भएको छ ।

laxmi

जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रोद्वारा प्रवद्र्वित आयोजना हो । रेमिटको मुख्य लगानीकर्ता हाइड्रो ईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी तथा रेमिट्यान्सकर्ताहरु यसमा लगानी रहने छ ।

बैंकको सहकार्यले अन्य बैंक तथा वित्तीय संस्थालाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिने जनाएको छ । घुन्सा खोला जलविद्युत आयोजनाको कुल लागत रु.१८ अर्ब २५ करोड रहने जानकारी गराईएको छ । बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी ‘इन्भाइरोमेन्टल एण्ड सोसल रिक्स म्यानेजमेन्ट, २०२०’ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ । एनएमबि बैंकको देशभर २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL