Logo

सिटिजन्स बैंकद्वारा ‘सिटिजन कल सेन्टर’ सेवा सुरुवात, ग्राहकका समस्या सहजै सम्बोधन हुने

सिटिजन्स बैंकद्वारा ‘सिटिजन कल सेन्टर’ सेवा सुरुवात, ग्राहकका समस्या सहजै सम्बोधन हुने



काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर कल सेन्टर सेवा शुरु गरेको छ । आइतबारदेखि संचालन आएको बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरु राख्न सक्ने बैंकले जनाएको छ ।

laxmi

कल सेन्टरका लागि बैंकले ०१–५९७००६८ नम्बरको टेलिफोन उपलब्ध गराएको छ । भने [email protected] मा ईमेल गरी कल सेन्टरको सुबिधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ्ख सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्ने छ ।

हालका लागी यो सेवा आठ घण्टाको लागी आरम्भ गरिएको बैंकले जनाएको छ । देशभरी रहनुभएका १३ लाखभन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसगै बैकसंग थपनजिकहुन सहजहुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL