Logo

भुक्तानी प्रणालीमा अन्तरआबद्धताको बाटो खुल्यो, यस्तो छ राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्था

भुक्तानी प्रणालीमा अन्तरआबद्धताको बाटो खुल्यो, यस्तो छ राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली अन्तरआबद्धता (इन्टरअपरएबिलिटी) तथा पहुँचसम्बन्धी व्यवस्था कार्यान्यनमा ल्याएको छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै ६ महिनाभित्र अन्तरआबद्धता सम्बन्धी व्यवस्था कार्यान्यनमा ल्याउन सम्पूर्ण भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

laxmi

उक्त व्यवस्था अनुसार अनुमति प्राप्त भुक्तानी प्रणाली संचालक र सेवा प्रदायकहरुबाट संचालित साना मूल्यका भूक्तानी उपकरण तथा सेवा जस्तै मोबाइल बैंकिङ, मोबाइल वालेट, क्यूआर कोड आदिमा लागू हुनेछ ।

साथै अबका दिनमा साना मूल्यका भुक्तानी प्रणालीमा आवद्ध अन्य सहभागी संस्था र राष्ट्र बैंकले समय समयमा साना मूल्यका भुक्तानी प्रणालीअन्तर्गत पर्ने गरी परिभाषित गरेको कुनै पनि साना मूल्यका भुक्तानी उपकरणमा लागू हुने राष्ट्र बैंकद्वारा जारी निर्देशनमा उल्लेखछ ।

तर भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरूले अन्तरआवद्धतासम्बन्धी सेवा दिँदा सेवाग्राहीहरुबाट प्राप्त तथ्यांकको सुरक्षा तथा गोपनियता कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी तोकिएको सेवा प्रवाह गर्दा बाहेक अन्यत्र त्यस्तो तथ्यांकको प्रयोग नहुने सुनिश्चितता गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै साना मूल्यका भुक्तानी प्रणाली सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संस्थाले अन्य कुनै पनि अनुमतिपत्र प्राप्त संस्थालाई आफ्नो भुक्तानी प्रणालीमा पहुँच रोक्ने गरी नियमहरु बनाउन वा प्रविधिको प्रयोगमा रोक लगाउन पाउने छैनन् ।

[googleapps domain=”drive” dir=”file/d/1ZNUb4qOSJAznocHHUvNNfldNRmT2624m/preview” style=”height:200px;width:300px; border:2px solid red;” /]

प्रतिक्रिया दिनुहोस्
MBL